Logo

नेताहरूको सत्ता मोह र भ्रष्टाचारले देश यस्ताे भयाे : प्रा. डा. सुरेन्द्र केसी (भिडियाेसहित)


(महेश पाण्डेय) भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ को प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिन्छ । सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल एक सय मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।

वर्तमान अवस्थालाई राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी अझै संकमणकालिन अवधिको रुपमा ब्याख्या गर्छन् । काम चलाउ सरकारको गतिविधि, वाम एकताको अभ्यास र ‘लोकतन्त्रको नाममा नेताहरुले गदैआएको लूटतन्त्र’ । यस्तो अवस्थामा सामाजिक सुरक्षाका कार्यक्रम आउने सम्भावना अझै देख्दैनन् डा. केसी । विभिन्न दलका प्रभावशाली नेताहरुले नातावाद–कृपावादलाई संस्थागत गर्दैआएको प्रति डा. केसीको गुनासो छ । यस्ताे अवस्थामा युवा सचेत भइ देश विकासमा लाग्नुपर्न्रे  प्राध्यापक केसी बताउनुहुन्छ ।

हेर्नुहाेस् भिडियाे अन्तर्वार्ताः

‘वाम र लोकतान्त्रिक गरी दुई गठबन्धन भयो भने मुलुकका लागि हित हुनसक्ने’ डा. केसीको विश्वास छ  । ‘दुई मध्ये एउटा गठबन्धनमा म आफैँ जानेछु ।’ प्राध्यापक केसी भन्नुहुन्छ ।  डा. केसीले  देशमा लोकतान्त्रिक र वाम गठबन्धन दुई पार्टी मात्र मुलुकका लागि उपयुक्त हुने भन्दै मात्रै आवश्यक रहेको डा. केसीले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्