Logo

नेपालमा संघियता र सूचनाकाे अधिकार


संघियतामा गए सँगै नेपालमा ७ सय ५३ ओटा स्थानीय तह गठन भएका छन् । यी सबै तहहरूमा नवनिर्वाचित जन प्रतिनिधिहरूले अाफ्नाे क्षमता देखाइरहेका छन्। अाफ्नाे कार्यकाल समयमा चुनावमा जनतासँग गरेका  वाचा, प्रतिवद्ता पुरा गर्न प्रतिनिधिहरू जुटेका छन्  ।  सुशासन, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिताको भावना अभिवृद्धि गरी आम जनतामा स्थानीय सरकारको महत्व दर्साउनुलार्इ अहिले सबैले प्राथमिकतामा राखेका छन् । गाउँ गाँउमा सिंहदरबार आइपुग्यो भन्ने महसुस गराउन आम जनतामा स्थानीय तहले सम्पादन गरेका काम–कारबाहीको जानकारी व्यापकरूपमा सार्वजनिक गर्नुपर्छ ।

मुलुक संघियतामा गएसँगै अाम जनतालार्इ कसरी सूचनाकाे अधिकारबाट वन्चित हुन नदिने? वा स्थानीय तहसम्म सूचना पुर्याउन के कस्ता चुनाैती छन्? र समाधान कसरी गर्न सकिन्छ? लगायत बिषयमा नेहा शर्मा ‘रूपा’ले नेपाल टेलिभिजनकाे कार्यक्रम अाजकाे चर्चामा राष्ट्रिय सूचना विभागका अायुक्त किरण कुमार पाेखरेलसँग गरिकाे कुराकानी गर्नुभएकाे छ ।

नेपालमा संघियता र सूचनाकाे अधिकारः हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया दिनुहोस्