Logo

गाउँ शहरमा लमजुङ दरवार की पुरानी गायिका माया गुरुङ एक्कासी किन रोईन यसरी


गाउँ शहरमा लमजुङ दरबार मायालाई दिने थियो फुल जस्तो जोवन भइ सक्यो मेरो घर बार यो गित तीन दशक पहिला को हो, सायद यो गीत नसुन्ने नेपाली त कमै नै छन् होला ।

यो गितकी गायीका माया गुरुङ अझैपनि यो गित विभिन्न ठाउँमा गाउदै हिड्छीन् । उमेरले बुढेसकाल लागेपनि उनको स्वरमा कत्ती पनि बुढेसकाल लागेको पाइदैन । अझैपनि उनि गित संगितमा धेरै गर्ने सोच रहेको बताउछीन् । उ बेला पनि अन्तरजातिय प्रेम बिवाह गरेकी माया गुरुङले अन्तरजातिय विवाह गरेकै कारण लामो समय सम्म नागरिकता पाइनन् । यी कुरा खोल्दा उनि भावुक हुन्छीन् र आँखाभरी आँसु देखिन्छन् ।

जिवनमा धेरै दुख पाए पनि, उमेरले नेटो काट्दै गएपनि उनलाई गित गाउन पाए अझै १७ वर्ष जस्तै छु जस्तो लाग्दो रहेछ । माया गुरुङ भन्छिन् – मैले गाउन छोडेको छैन, कहिले बोका बेचेर जान्छु, कहिले कुखुरा बेचेर जान्छु, २/४ हजार पोका पार्छु, मेरो धोका पुरा गर्छु ।

माया गुरुङलाई अब एकल साँझ गर्ने धोको छ । उनले भनेकी छन् मलाई एकल साँझ गर्ने धोका छ, मायालाई माया गर्नेहरुको साथ र सहयोग पाएँ भने म छिट्टै एकल साँझ गर्नेछु ।

अहिलेसम्म पनि सार्वजनिक नभएका करीब ५०/५५ रचनाहरु अझै आफुसंग रहेको उनि बताउछीन् ।

तिनै कलाकार माया गुरुङसंग हामीले केहि कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी मन परे आफ्नो फेसबुकमा सेयर गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्