Logo

गगन थापा व्यक्तिगत प्रचार र ‘मिडिया स्टन्टबाजी’मा रमाउनुहुन्छ, किन ?


तपाईं व्यक्तिगत प्रचार र ‘मिडिया स्टन्टबाजी’मा रमाउनुहुन्छ । प्रचारका लागि आफ्नै पार्टीको नीतिविपरीत पनि बोल्न पछि पर्नुहुन्न । तपाईंकै पार्टीभित्रबाट यो आरोप बेलाबेलामा लागिरहन्छ नि ?

पार्टी अनुशासनबारे म एकदमै सचेत छु । सबैभन्दा मुख्य कुरा भनेको पार्टी निर्वाचन र आन्दोलनमा होमिँदा पार्टीभित्र फरक मत, आफ्ना असहमति सबै थाती राख्नुपर्छ । त्यतिवेला पार्टीको अनुशासन सबै कुरा हो भन्नेमा म एकदमै सचेत छु । त्योभन्दाबाहेकको समयमा म धेरै हिसाबकिताब गर्दिनँ । म त्यस्तो खाले मान्छे पनि होइन । त्यसो गर्दै गर्दा अलिकति पार्टी अनुशासन उल्लंघन गरेको भन्ने लाग्छ ।
गएको १० वर्षको राजनीतिको निर्णयलाई मात्र सम्झेर हेर्ने हो भने बहुसंख्यक अवस्थामा म र मजस्ता पार्टीका साथीहरूले ‘यहाँनेर पार्टी उभिनुपर्छ’ भनेर उहिले भनेको कुरा पछि आएर लागु भएका छन् । त्यतिबेला सार्वजनिक खपतका लागि यस्ता कुरा गर्‍यो भन्ने पनि लागेको हुनसक्छ ।

तर, अलिकति पछि गएर सिंगो पार्टीपंक्तिले निर्णय नै गरेको छ, कहिलेकाहीँ रियलाइज पनि गरेको छ । हामीले भनेकै ठाउँमा पार्टी आइपुगेको छ तर, अलि ढिलो । ढिलो आउँदै गर्दाको गतिले व्यहोर्नुपर्ने क्षति पार्टीले व्यहोरिसकेको छ । हो, कहिलेकाहीँचाहिँ के लाग्छ भने हामीले कतिपय कुरा जुन बाहिर भन्छौँ, त्यसलाई बाहिर नभन्नुपर्ने हो कि ! पार्टीभित्र मात्र छलफलको विषय बनाउनुपर्ने हो कि ! तर, त्यस्ता कतिपय कुरा हाम्रो नियन्त्रणमा रहँदैनन् आजभोलि । पार्टीको केन्द्रीय समितिको बैठकमै भनिएका कुरा पनि पार्टीको आन्तरिक विषय मात्र बन्दैनन् । पार्टी एउटा सार्वजनिक संस्था पनि हो । म मेरो ब्रह्मले भनेको कुरा गर्दै गएको हुँ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्